७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

विश्व बैंकद्धारा कोरोना रोकथामका लागि नेपाललाई साढे ३ अर्ब अनुदान

२९ फागुन, काठमाडाैँ । विश्व बैंकले नेपालमा कोरोना भाइरसको सम्भावित जोखिम रोकथाम तथा नियन्त्रणका लागि २९ मिलियन अमेरिकन डलर (करिब साढे ३ अर्ब रुपैयाँ) अनुदान सहयोग दिएको छ ।

विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि विश्व बैंकले १२ अर्ब डलर सहयोग गर्ने निर्णय केही दिनअघि मात्रै गरेको थियो। जस अनुसार नेपाललाई २९ मिलियन डलर प्रदान गरेको अर्थ मन्त्रालयले जानकारी दिएको हो ।


मंगलबार हस्ताक्षर भएको सम्झौताको रकम नेपालले कसरी खर्चिन्छ भन्नेबारे मन्त्रालयले छलफल गर्ने जनाएको छ ।विश्व बैंकको सहयोगपछि मंगलबार नै स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, विश्व बैंक प्रतिनिधि र अर्थ सचिवसम्मिलित बैंठक बसेको थियो ।

उक्त बैठकमा विश्व बैंकले नेपालमा हाल कोरोना भाइरस संक्रमण रोक्न आवश्यक पर्ने उपकरणहरूको अवस्था र ल्याउनुपर्ने उपकरणबारे जानकारी माग गरेको छ । नेपाल सरकारको कोरोना नियन्त्रणको योजनाबारे पनि विश्व बैकले चासो राखेको मन्त्रालयले जनायो ।

प्रकाशित मिति : 19:44