१० असार २०८३, बुधबार | Wed Jun 24 2026

विप्लव समूहले लडाकु बनाउन अपहरण गरिएकी बालिकाको उद्धार, १४ जना पक्राउ

२९ फागुन, काठमाडौँ । धनुषाको गणेशनाथ चारनाथ नगरपालिका- ५ गौरीखेलकी १४ वर्षकी गरिमा मोक्तानको अपहरण गरेकाे आरोपमा प्रहरीले विप्लव समूहका १४ कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले उनिहरूलाई उदयपुरबाट पक्राउ गरेको हो ।

बुधबार साँझ अपहरणमा परेकी मोक्तानको बिहीबार दिउँसाे ३ बजेतिर उद्दार भएको हो । ती बालिकालाई लडाकु बनाउने उद्देश्यले विप्लव समूहले कब्जामा लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएकाे छ ।

पक्राउ परेका विप्लव समूहका कार्यकर्ताको साथबाट प्रहरीले ३ वटा पेस्तोल र ११ वटा सकेट बम र प्रेसरकुकर बम पनि बरामद गरेको जनाएकाे छ ।

प्रकाशित मिति : March 12, 2020 at 7:03 pm