३२ असार २०८३, बिहिबार | Fri Jul 17 2026

प्रधानमन्त्री ओलीकाे मिर्गौला प्रत्यारोपणकाे ९ दिनपछि भेटिन् पत्‍नी राधिकाले

२९ फागुन, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनकी पत्नी राधिका शाक्यले भेटेकी छन्। त्रिवि शिक्षण अस्पताल महारागञ्जमा मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीलाई मिर्गौलादाता समीक्षा संग्रौलाले बुधबार भेटेकी थिइन्।

प्रधामन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्रीपत्नी राधिका शाक्यले भेटेको जानकारी दिएका छन्। रिमालले ट्विटमा लेखेका छन्, ‘प्रधानमन्त्रीज्यूको स्वास्थ्यमा निरन्तर प्रगति। दोश्रो भिजिटरको रुपमा प्रथम महिला राधिका शाक्यले भेट्नु भयो ।’

प्रधानमन्त्री ओलीको फागुन २१ मा मिर्गौला प्रत्यारोपण सफल भएको थियो। २०६४ सालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गरेका ओलीको दोश्रोपटक मिर्गौला प्रत्यारोपण गरेका हुन्।

प्रकाशित मिति : March 12, 2020 at 6:33 pm