नेपाली होटल व्यवसायीमाथि खुकुरी प्रहार गर्न खोज्ने ४ जना चिनियाँ ठमेलबाट पक्राउ
२९ फागुन, काठमाडौँ । नेपाली होटल व्यवसायीलाई खुकुरी प्रहार गर्न खोज्ने ४ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । मंगलबार साँझ काठमाडौँको ठमेल क्षेत्रका नेपाली होटल व्यवसायीलाई खुकुरी प्रहार गर्न खोज्ने ४ जना चिनियाँलाई पक्राउ गरिएको महानगरीय प्रहरी बृत्त दरबारमार्गले जानकारी दिएकाे हाे ।

ग्राहक बोलाउने विषयलाई लिएर ठमेलमा होटल सञ्चाल गर्दै आएका चिनियाँहरुले नेपाली होटल व्यवसायीसँग विवाद गरेका थिए । विवादले झगडाको रुप लिएपछि चिनियाँहरुले नेपाली होटल व्यवसायीमाथि खुकुरी प्रहार गर्न खोजेका थिए । पक्राउ परेका चारै जना चिनियाँविरुद्ध अभद्र व्यवहारको मुद्दामा अनुसन्धान शुरु गरिएको जनाइएको छ ।
प्रकाशित मिति : March 12, 2020 at 12:44 pm









