१० असार २०८३, बुधबार | Wed Jun 24 2026

प्रहरीको अबरोधले दिँउसो तीन सय जन्ति रित्तो फर्कियो, राति सुटुक्क बेहुलाको घरमा बेहुली पुर्याइयो

२८ फागुन, काठमाडाैँ । महिला अधिकारकर्मीको पहलमा दिउँसो रोकिएको एउटा बिबाह राति भएको छ ।  गल्छी गाउँपालिका–६ बाहुनपलाङबाट ३०० भन्दा बढी जन्ती लिएर बेहुली लिन गजुरी गाउँपालिका–६ मिलनटार गएको जन्ती दिउँसोमा बेहुली नलिई फर्केको थियो । तर बेहुलीलाइ बेहुलाको घरमा पुर्याइएको छ ।

गल्छी गाउँपालिका स्थायी बासिन्दा समेत रहेका धादिङका पत्रकार केशव अधिकारीले सामाजिक सञ्जालमा एउटा बहस सरू गर्दै बेहुलीलाइ राति बेहुलाको घरमा सुटुक्क पुर्याइएको जानकारी दिइका छन । उनले बिबाहको उमेर हद अमिल्दो भएको भन्दै यसमाथि थप बहस हुनुपर्ने भन्दै अन्य केही दृष्टान्त समेत प्रस्तुत गरेका छन।

अठार वर्षीया बालिकाको विवाह हुँदै गरेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गजुरीले घरमै पुगेर दिउँसो विवाह रोकेको इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक जनक बस्नेतले जानकारी दिएका थिए । उन्तीस वर्षीय बेहुलाले १८ वर्षीया बालिकालाई विवाह गर्न लागेको सूचना महिला अधिकारकर्मीले इलाका प्रहरी कार्यालय गजुरीमा दिएका थिए । आमा समूहमा आबद्ध महिला अधिकारकर्मीले बालविवाहको घटना बढेको अवस्थामा उजुरी गर्न बाध्य भएको बताएका छन् ।

प्रकाशित मिति : March 12, 2020 at 6:44 am