इट्टा भट्टामा ज्यूदै मान्छे जलाउने कांग्रेस नेताको मुद्दा हेर्ने प्रहरी, वकिल र न्यायाधीशको सरूवा
२८ फागुन, काठमाडाैँ । १४ जना नागरिकलाई इट्टा भट्टामा ज्यूदैँ जालएको अारोप लागेका नेपाली कांग्रेसका नेता चर्चित राजपुर फरदहवा बमकाण्डका नाइके भनिएका मोहम्मद आफताब आलमलाई पक्राउ र अनुसन्धान गर्ने प्रहरी, मुद्दा चलाउने सरकारी वकिल र फैसला गर्ने न्यायाधीशको सरुवा भएको छ ।
यसअघि नै उनीहरूको सुरक्षाको बारेमा प्रश्न उठेको थियो । आफताब आलमलाई पक्राउ र अनुसन्धान गर्ने प्रहरी अधिकृत डिएसपी नवीन कार्की काठमाडाैँ सरूवा भएका छन । उनले बुधबार राैतहट छाडेका हुन । आलमलाई पक्राउ गर्न भूमिका खेल्ने एसपी भूपेन्द्रबहादुर खत्रीको यसअघि नै सरुवा भइसकेको छ।

मुद्दामा थुनछेक बहस सकिए लगत्तै जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटवालले जिल्ला छाडेका थिए। उनको हेटौंडा सरुवा भइसकेको छ। यस मुद्दामा जिल्ला न्यायाधीश दीपक ढकालले आलमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेका थिए। आदेश दिएकै रात न्यायाधीश ढकाल काठमाडौं हिँडेका थिए। उनको नवलपरासी सरुवा भएको छ। आलम पक्राउ परेपछि अनुसन्धान अधिकृत तोकिएका प्रहरी निरीक्षक पप्पु नायकको तीन महिनाअघि धनुषा सरुवा भइसकेको छ।
प्रकाशित मिति : March 12, 2020 at 7:36 am









