७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

ग्लोबल आईएमई बैंकद्वारा दृष्टीबिहिन विद्यार्थीहरुलाई सहयोग

२८ फागुन, काठमाडाैँ । ग्लोबल आइएमई बैंकको तर्फबाट संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पर्वत जिल्लाको कुश्मा स्थित शिवालय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टीविहिन विद्यार्थीहरुलाई ट्रयाकसुट, रोटी मेकर र इलेक्ट्रिक आइरन हस्तान्तरण गरिएको थियो ।


संघीय सांसद श्री पदम गिरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमका बिच उक्त सामाग्रीहरु सांसद गिरी र ग्लोबल आइएमई बैंक कुश्मा शाखाका शाखा प्रमुख श्री प्रकाश शर्माले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको थियो ।
उक्त सामाग्री हस्तान्तरण कार्यक्रममा कुश्मा नगरपालिकाका नगर शिक्षा अधिकृत श्री राजेन्द्र बहादुर क्षेत्री, शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका केन्द्रिय उपाध्यक्ष श्री राजेन्द्र पहाडी, विद्यालयका प्रधानाध्यापक श्री भुपेन्द्र चापागा“ई लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

ग्लोबल आइएमई बैंकले शिक्षा, स्वास्थ्य, वातावरण, सरसफाई तथा विभिन्न सामाजिक क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आइरहेको छ ।

प्रकाशित मिति : 17:39