प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने भाञ्जी समिक्षा डिस्चार्ज
२८ फागुन, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दिएकी झापाकी समीक्षा संग्रौला डिस्चार्ज भएकी छन् । प्रधानमन्त्री ओलीसँगै अघिल्लो साताको सोमवार शिक्षण अस्पताल भर्ना भएकी संग्रौलालाई बुधवार डिस्चार्ज गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईँले जानकारी दिए ।

अघिल्लो बुधवार शिक्षण अस्पतालमा प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
प्रकाशित मिति : March 11, 2020 at 4:44 pm







