९ असार २०८३, मंगलबार | Wed Jun 24 2026

नेकपा नेतृ शर्माद्धारा आफ्नो विवाहको अवसरमा अक्षय कोषको घोषणा

२७ फागुन, काठमाडाैँ । नेकपा नेतृ एवं सम्माननीय राष्ट्रपतिज्यूको स्वकीय सचिव दीपा शर्माले आफ्नो शुभ विवाहको अवसर पारी अक्षय कोष स्थापनाको घोषणा गर्नुभएको छ । भक्तपुर बालकोट निवासी प्रशान्त ढकालसंग मंगलबार विवाह बन्धनमा बाँधिनुभएकी शर्माले ‘देवी हरि भवानी स्मृति अक्षय कोष’को घोषणा गर्नुभएको हो ।

दैलेख नारायण नगरपालिका २ रुपाखेत निवासी शर्माले स्वर्गीय बाजेबज्यै देवीप्रसाद शर्मा, हरिमाया शर्मा र भवानी शर्मा रुपाखेतीको नाममा स्थापित कोषबाट दैलेख जिल्लाबाट सामुदायिक विद्यालयहरुबाट माध्यमिक शिक्षामा सर्वोत्कृष्ट अंक ल्याउने छात्र–छात्रा गरी दुई जनालाई आर्थिक सहायता प्रदान गर्ने उद्देश्य रहेको बताइएको छ । शुरुमा २ लाख ९० हजार रुपैयाँको कोष निर्माण गर्ने र वर्षेनि कोषमा रकम थप्दै जाने शर्माले बताउनुभयो ।

कोषमा शर्माका बुवा विष्णुप्रसाद शर्मा, आमा चित्रा शर्मा, माइलो बुवा भीमराज शर्मा माइली आमा मोहनकुमारी शर्मा, कान्छा बुवा रवीन्द्रराज शर्मा र जानकी शर्माले पनि अक्षय कोषका लागि सहयोग घोषणा गर्नुभएको छ । अनेरास्ववियू, अखिल नेपाल महिला संघको केन्द्रीय नेतृत्वमा रहेर काम गर्नुभएकी उहाँले अक्षय कोषले दैलेख जिल्लाको शिक्षा क्षेत्र सुधारका लागि मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । कोरोनाको कारणले बिवाहालाई पारिवारिक जमघटमा सिमित राखेकाेले निकै नजीकका आफन्तको मात्रै बैवाहिक कार्यक्रममा उपस्तिथि रहेको बताईएको छ ।

प्रकाशित मिति : March 10, 2020 at 9:35 pm