हुप्सेकोट गाउँपालिकामा चरम भ्रष्टाचार भएको जनप्रतिनिधिको आरोप
२७ फागुन, नवलपुर । नवलपुरको हुप्सेकोट गाउँपालिकामा चरम भ्रष्टाचार भएको जनप्रतिनिधिहरुले आरोप लगाएका छन् । उपाध्यक्ष स्वतन्त्र कोपिला मल्ल सहितका जनप्रतिनिधिले संयुक्त रुपमा पत्रकार सम्मेलन गरी विकास निर्माण( पुँजीगत खर्च) र प्रशासनिक खर्चमा चरम दुरुपयोग भएको आरोप लगाएका हुन् ।
गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले नीति नियम समेत कमाउने उद्देश्यले बनाउने र कमाउने ठाउँमा आफ्ना श्रीमान लालचन्द लामिछाने र छोरा रसिक लामिछानेलाई नियुक्त गरी काम अगाडि बढाएकाले भ्रष्टाचार भएको शंका छ हुप्सेकोट गाउँपालिका वर्डा नं. ४ का अध्यक्ष रोशन थापाले भने–‘ठेक्का पट्टा देखि विकास निर्माण सम्म सचिवालय मार्फत अध्यक्षले काम गर्दा गाउँपालिकाको विकासमा प्रतिकुल प्रभाव परेको छ ।’ यस्ता बिकृति बिरुद्ध बोल्दा बोल्दा पनि बहुमतले पेल्ने गरेकाले जनतालाई सुनाउनका लागि पत्रकार सम्मेलन मार्फत आफ्ना धारणाहरु सार्वजनिक गरिएको उपाध्यक्ष स्वतन्त्र कोपिला मल्लले बताउनु भयो ।

स्थानीय तहले बनाउने ऐन, नियम, कार्यबिधि ब्यापक छलफलबाट हुनुपर्छ भन्दा बिषयगत समितिलाई समेत वेवास्ता गरि काम अगाडि बढाएको संस्थागत तथा सार्वजनिक समितिका संयोजक एवं वडा नं. ३ का अध्यक्ष छविलाल मिथुनले बताए । लाली गुराँस बृक्षारोपणमा समेत भ्रष्टाचार छ त्यसको छानविन हुनुपर्छ मिथुनले भने ।
तत्कालिन प्रमुख प्रसाशकीय अधिकृत लिलाबल्भब न्यौपाने सरुवा भएपछि पनि लेखा मिलाउने भन्दै लामो समय सम्म गाउँपालिकामा रहनु र सरुवा भएर आएका प्रमुख प्रसाशकीय अधिकृत ज्ञानप्रसाद पनेरुलाई झण्डै एक महिना हाजिर हुन नदिने र हाल सम्म खाता सञ्चालनमा समेत अवरोध हुँदा अध्यक्षको आर्थिक रुपमा मिलेमतो देखिने उपाध्यक्ष मल्लले आरोप लगाइन ।
नयाँ प्रशासकीय अधिकृत आउनु भएको छ अन्य लोकसेवा बाट नयाँ कर्मचारी आएका छन् उनीहरुलाई हाजिर गराउनु र काममा खटाउनु पर्नेमा करारका कर्मचारीको आडमा कर्मचारीलाई बरण्डामा असरल्ल राख्नु हुदैन वडा नं. ४ का वडाध्यक्ष रोशन थापाले भने ।
पत्रकार सम्मेलनमा प्रस्तुत केही अंश
पत्रकार मित्रहरु,
हुप्सेकोट गाउँपालिका अध्यक्षको ब्यक्तिवादी र निरंकुशप्रबृतीका कारण हुप्सेकोटमा सुशासन र विकासको प्रभावकारीता हराउदै गएको हामीले महशुस गरी यहाँहरु मार्फत सर्वसाधरणको जानकारीका लागि निम्नलिखित कुराहरु बुंदागतरुपमा हामी जनप्रतिनिधिहरुले समेत सहज तरिकाले पाउन नसकेको जानकारी गराउँदै यहाँहरु मार्फत सार्वजनिक गर्न चाहान्छौं ।
१. योजनातर्जुमागर्दा तत्थ्यपरक नतिजामुखि समृद्ध गुणस्तर समयमा सम्मानहुने प्राबिधिक रुपमा सबल र व्यबहारिक रुपमाकार्यन्वयन योग्यअनुकुुलबातावरण श्रृजनाहुने साथै दिगो बिकासमा टेवापुग्ने खालको भन्ने लक्ष्य उद्देश्य रहेको छ । योजनातर्जुमा समितिको संयोजक उपाध्यक्ष रहने र संबन्धितबिषयअन्र्तगतका समितिहरु पुर्वाधार बिकास, सामाजिकबिकास, संस्थागतबिकास, वनवातावरण तथाबिपतव्यबस्थापन, आर्थिक बिकास समिति साथै स्थानिय बुद्धिजिवि बिषय बिज्ञ, महिलाबालबालीका, दलित, युवा, अपाङ्ग, जेष्ठ नागरिक सरोकारवालाहरुको अधिकतम सहभागीतामागर्नु पर्छ भन्ने उल्लेख भएको भएतापनि सो समितिलाई जानकारी नै नगराई बे–वास्तागरि बजेट बनाएको छ ।
२. यस आ.ब.०७५÷०७६ को सामाजिक लेखा परिक्षण नगराई लेखा परिक्षण गरिएको । .गाउँपालिकाले कार्य सम्पादनगर्न बिषेशज्ञको रुपमा करारमाकर्मचारीनियुक्तगरिएकोमाहालउक्त स्थानमा नेपाल सरकार बाट पदपुर्ति भै सक्दापनिजिम्मेवारी नदिई करारमानियुक्तगरिएकाकर्मचारीहरु बाट हाल सम्मपनिकामकाज गराई गाउँपालिकालाई आर्थिक व्ययभार पारिरहेको ।
३. हुप्सेकोटको विकासको मोडल तयार नगरी (कुन कुन क्षेत्रमा लागनी गर्ने भन्ने सर्वपक्षिय ढङ्गले छलफल र योजनाको प्राथमिता क्षेत्र तोक्ने काम नभएको )कुनै पनि सम्भाव्य अध्ययन नै नगरि हुप्सेकोट गाउँपालिकामालगानी सम्मेलन गर्ने भनिएको छ । उक्त सम्मेलनगर्दा कुन बजेट र्शिषक बाट खर्च भै रहेको छ लगानी सम्मेलनगर्दा के कतिलागतखर्च लाग्ने हो स्पष्ट खाकानभै चरम रकम दुरुपयोग गर्न खाजिएको । गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले २०७६ माघ २६ गते देखि गाउँपालिकामाकर्मचारीको हाजिरी रजिष्ट्रर लुकाई अख्तियारको दुरुपयोग गरिएको ।
४.नीतिगत हिसाबले हिउंदे गाउँसभा पौष मसान्तभित्र सम्पन्नगर्नु पर्नेमाहाल सम्मगाउँसभागरिएको छैन ।
५. गाउँपालिकाको कर्मचारी लाई अध्यक्ष बाट घरको नीजि काममालगाई पदको दुरुपयोग गरिएको पाईएको हुनाले यसरी हुप्सेकोट सरकार चरम लापर्वाही र बेथितिबाट सञ्चालन भै रहेको छ ।
६. निर्वाचन भएको अढाई बर्ष पुरा भएको अबस्थामा बेथिति र भ्रष्ट्राचार बढेकाले स्थानीय सरकार निर्वाचित भएदेखि हाल सम्मको विकास निर्माण र प्रशासनीक खर्च माथिको छानविनको माग गर्दछौं । दैनिक काम सञ्चालन तथा योजना र बजेट निर्माणमा समेत अध्यक्षबाट आफ्ना कार्यक्षेत्र भन्दा बाहिर हस्तक्षेप गर्ने गरेको संदर्भमा हुप्सेकोट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीयदलका हामीजनप्रतिनिधिहरुले यस्तो बिकृित टुलटुल हेरेर बस्न नसक्ने भएकाले आम नागरिकहरुलाई थाहा दिनुपर्छ भन्ने मान्यताका साथ यो पत्रकार सम्मेलन मार्फत आफ्ना धारणाहरु सार्वजनिक गरेका हौं ।
हुप्सेकोट गाउँपालिकाउपाध्यक्ष स्वतन्त्रकोपीलामल्ल (नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदियदलका नेता)
वडा नंं. ३ का वडाध्यक्ष छबिलाल मिधुन
वडा नं. ४ का वडाध्यक्ष रोशनथापा
वडा नंं. ४ का वडा सदस्य रुकमागतभुर्तेल ( संसदियदलकाप्रबक्ता )
वडा नंं. ४ का वडा सदस्यमीना वन्टाकी
वडा नंं. ४ का वडा सदस्य सुमीत्रा परियार
वडा नंं. ४ का वडा सदस्यभुपालबयम्बु
वडा नंं. ३कावडा सदस्य तेजमायाँ पाण्डे
वडा नंं. ३का वडा सदस्यतारा बहादुर कार्की
वडा नंं. ३का वडा सदस्यशर्मीला घले परियार
अभिबादन सहित
प्रकाशित मिति : March 10, 2020 at 9:22 pm









