३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

हुप्सेकोट गाउँपालिकाका अध्यक्षको निर्देशनमा पत्रकार कुटिए

नवलपुुर २७ फागुन । स्थानीय स्टार टेलिभिजनमा कार्यरत पत्रकार अर्जुन सापकोटा माथि हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेको निर्देशनमा हातपात भएको छ ।  पत्रकार अर्जुन सापकोटाका अनुसार उपाध्यक्ष स्वतन्त्र कोपिला मल्ल सहितको जनप्रतिनिधिहरुले आयोजना गरेको पत्रकार सम्मेलनमा समाचार संकलन गर्न गाउँपालिका पुग्दा प्रमुख प्रकाशकीय अधिकृत ज्ञानप्रसाद पनेरुलाई गाली गर्दै बाहिर निकाल्दै गरेको अबस्था देखेपछि भिडियो खिच्न मोवाइल तयार गर्दै गर्दा माथिल्लो तलाको बरण्डाबाट अध्यक्ष लक्ष्मीदेवी पाण्डेले निर्देशन दिएपछि उनका स्वकीय सचिव रसिक लामिछानेले मोवाइल खोसेर सबै सामाग्री सहित नम्बरहरु समेत डिलिट गरे मेरो छातिमा हाने र संगै रहेका प्रमोद ढुङ्गानाले समेत हाने सापकोटाले भने ।

सरिक लामिछाने गाउँपालिका अध्यक्ष पाण्डेका छोरा हुन् भने ढुङ्गाना नेपाली काँग्रेसका कार्यकर्ताल हुन् । पत्रकार सम्मेलनमा भएका पत्रकारहरु हातपात पछि अध्यक्ष पाण्डेको कार्यकक्षमा पुगी माफी माग्न र दोषी रसिक लामिछाने र प्रमोद ढुङ्गानालाई कारबाही गर्न माग गरे तर सुनुवाई नभएको पत्रकार भविश्वर पाण्डेले बताए ।

माफी माग्न र दोषीलाई कारबाही गर्न आग्रह ग¥यौं वास्ता नै भएन अध्यक्षका आफ्नै कुरा भएपछि निस्केऔं नेपाल पत्रकार महासंघ नवलपुरका सहसचिव बिष्णुप्रसाद गौंडेलले भने । पत्रकारलाई हातपात गर्ने बिरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिईएको छ । पत्रकारहरुले प्रहरी प्रमुख दीपक रेग्मी र प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेलाई तत्काल दोषीलाई कानूनी दायरामा ल्याउन माग गरेका छन् ।

प्रकाशित मिति : March 10, 2020 at 8:57 pm