३४ विद्यार्थीको हात चिर्ने जागृति एकेडेमिकी शिक्षिका कर्माचार्य अझै ७ दिन हिरासतमै रहने
२७ फागुन, काठमाडौँ । परीक्षामा कम अंक ल्याएको भन्दै विद्यार्थीलाई हात चिर्न लगाउने शिक्षिकाविरुद्ध अनुसन्धान गर्न प्रहरीले ७ दिनलाई म्याद पाएको छ । जिल्ला अदालत, काठमाडौँले मंगलबार जागृति एकेडेमी जडिबुटीकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यविरुद्ध अनुसन्धानका लागि म्याद दिएको हो ।

महानगरीय प्रहरी वृत्त, बानेश्वरको टोली कर्मचार्यविरुद्ध बालबालिका सम्बन्धी ऐन, २०७५ अनुसार कसुर गरेको दाबी गर्दै म्याद थपका लागि अदालत पुगेको थियो । अदालतले म्याद दिएपछि थप प्रमाण संकलन गर्ने तयारी प्रहरीले गरिरहेको छ ।
प्रकाशित मिति : March 10, 2020 at 7:54 pm









