९ असार २०८३, मंगलबार | Wed Jun 24 2026

विप्लव समूहका बारा इन्चार्ज इन्द्रबहादुर नकडोली ६ थान मोबाइलसहित पक्राउ

२६ फागुन, बारा । प्रतिबन्धित विप्लव समूहका नेता पक्राउ परेका छन । प्रहरीले विप्लव समूहका बारा जिल्ला इन्चार्ज तथा नारायणी ब्यूरो सदस्य इन्द्रबहादुर नकडोलीलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार मकवानपुर, हेटौंडा उपमहानगरपालिका १६ का नक्कडोली फागुन २५ गते बाराको जितपुरबाट पक्राउ परेका छन ।

प्रहरीका अनुसार नकडोलीबाट पल्सर बाइकसहित ६ थान मोबाइल समेत बरामद गरेको छ । प्रहरीले विप्लव समूहसँग सम्बन्धित पर्चा र पम्प्लेट पनि जफत गरेको जनाएको छ । पक्राउ परेका नकडोलीमाथि सिमरा र फत्तेपुरमा रहेको एनसेल टावरमाथि आगजनी गर्ने नेतृत्व गरेको आरोप लागेको छ ।

प्रकाशित मिति : March 9, 2020 at 8:02 pm