कोरोनाविरूद्ध कठोर बन्यो कतारः नेपालसहित १४ मुलुकका नागरिकलाई प्रवेशमा रोक
२६ फागुन, काठमाडाैँ । कोरोना भाइरसबाट बच्नका निम्ति कतारले कठोर कदम चालेको छ । कतारले नेपालसहित १४ देशका नागरिकको प्रवेशमा रोक लगाएको छ । कतार नेपालीको प्रमुख रोजगारगन्तव्य मुलुक हो।

कतारको द गभरमेन्ट कम्युनिकेसन अफिस (जीसीओ) का अनुसार नेपाल, बंगलादेश, चीन, इजिप्ट, भारत, इरान इराक, लेवनान, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डका नागरिक प्रवेशमा रोक लगाइएको हो ।
विश्व स्वास्थ्य संगठनको प्रतिवेदनमा कोरोनाको उच्च जोखिममा नेपाल रहेपनि नेपालले अहिलेसम्म त्यस्तो कुनै तयारी गरेको छैन । बरू नेपालका सरकारी अधिकारीहरू नै कोरोना प्रभावित देशहरूको भ्रमणमा अाउजाउ गरिरहेका छन ।
प्रकाशित मिति : March 9, 2020 at 9:15 am









