९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

पूर्व युवराज पारस शाह झाडु बोकेर पशुपतिनाथ मन्दिर परिसरमा (भिडियोसहित)

२४ फागुन, काठमाडाैँ । पूर्वयुवराज पारश शाह झाडु बोकेर पशुपति सफाइ अभियानमा सहभागी बनेका छन । सफाइ अभियन्ता केपी खनालको अभियान अन्तर्गतको पशुपति सफाइ कार्यक्रममा पारस सहभागी भएका हुन । सिमसिम पानी परिरहेको समयमा पारसले पशुपति सफाइमा सहभागिता जनाए ।

खनालले पारस पनि सफाइमा सहभागी भइदिँदा खुशी लागेको बताए । उनले भने ‘हामी हर्षित छौं, पशुपतिको आँगन हेर्न पूर्वयुवराज आउनुभयो,’ खनालले भने, ‘हामी पढ्न छाडेर सरसफाइ अभियानमा जुटिरहेका छौं। सरसफाइका लागि पूर्वयुवराजलाई सडकमा ल्याउनु लाज हो।’ भिडियो तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : March 7, 2020 at 8:56 pm