विद्यार्थीको हात ब्लेडले चिरेर नुनखुर्सानी दल्न निर्देशन दिने शिक्षिका सीतालक्ष्मी कर्माचार्य पक्राउ
२४ फागुन, काठमाडौँ । काठमाडौँको जडीबुटीस्थित जागृति एकेडेमीकी शिक्षिका सीतालक्ष्मी कर्माचार्य पक्राउ परेकी छिन । विद्यार्थीले राम्रो नतिजा ल्याउन नसकेको भन्दै ३४ विद्यार्थीको हात ब्लेडले चिरेर नुनखुर्सानी दल्न निर्देशन दिने कर्माचार्यलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडाैँका प्रवक्ता होविन्द्र बोगटीले दैनिकीलाई जानकारी दिए ।
महानगरीय प्रहरी वृत बानेश्वरको टोलीले कर्मचार्यलाई पक्राउ गरी हिरासतमा लिएको डिएसपी बोगटीले बताए । एकेडेमीमा १२ वर्षदेखि सोसल साइन्स पढाउँदै आएकी शिक्षिका कर्माचार्यले ३४ विद्यार्थीको हात ब्लेडले चिरेर नुनखुर्सानी हाल्न निर्देशन दिएकी थिइन । उनलाई हिरासतमा लिइएको र थप अनुसन्धान भैरहेको बोगटीले बताए ।

विद्यालयले कर्माचार्यले दिएको यातनाको समाचार बाहिरिएपछि हटाएको जनाएको छ । शिक्षिका कर्माचार्यले हात चिरेका विद्र्यार्थीहरू कक्षा ६ र ७ मा अध्ययनत रहेका थिए । ती मध्ये २५ विद्यार्थी कक्षा ६ मा अध्ययनरत थिए भने ९ जना कक्षा ७ मा अध्ययनरत रहेका थिए । राम्रो नम्बर नल्याउनेको हात चिरिदिने भन्दै उनले परीक्षा अगावै धम्की दिएको पीडित विद्यार्थीले बताएका छन । उनले भने अनुसारको अंक नल्याउने विद्यार्थीलाई कर्माचाचार्यले बिहीबार बेन्चमा उभ्याएर सिसाकलम तिखार्ने ब्लेडले हात चिरेकी हुन ।
प्रकाशित मिति : March 7, 2020 at 8:23 pm









