नोबेल कोरोनाविरूद्ध सतर्क रहन राष्ट्रिय युवा संघद्धारा बारामा निशुल्क मास्क बितरण
२४ फागुन, बारा । नोबेल कोरोना भाइरसलाई लक्षित गर्दै रास्ट्रिय युवा संघ नेपाल बाराले सदरमुकाम कलैयामा निशुल्क माक्स बितरण गरेको छ । कलैया को मुख्य चौकमा रास्ट्रिय युवा संघ नेपाल बाराका संयोजक पुरूषोतम साहको संयोजनमा निशुस्ल्क माक्स बितरण गरिएको हो ।

मास्क वितरण पछि संयोजक साहले बिश्वमा नै कोरोना भाईरसको जोखिम बढ्दै जाँदा नेपालमा पनि यसको प्रभाव पर्न सक्ने भन्दै त्यसको पूर्व तयारीका लागि युवासंघले मास्क वितरण गरेको बताए । उनले अब सबैले आफैँले साबधानी अपनाउनुपर्ने बताए । कार्यक्रममा पाँच सय भन्दा बढीलाइ मास्क बितरण गरिएको थियो ।
मास्क वितरण कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी बाराका सदस्य मुकेश साह, मुस्लिम संगठनका बाराका संयोजक राजमहम्द राय, नेकपा नेताहरु आबिद हुसैन, राज खान, असमुलाह ठकुराई, रुशतम अंसारी, हरीयोम साह, बिनोद गुप्ता, बैजनाथ साह, महानंद यादव, अजित कर्ण, अजित कुशवाहां, प्रभु साह, रमेश साह लगायत उपस्थित रहेका थिए ।
प्रकाशित मिति : March 7, 2020 at 12:32 pm









