चिनियाँ राष्ट्रपति सीद्धारा प्रधानमन्त्री ओलीकाे स्वास्थ्यलाभको कामना
२४ फागुन, काठमाडौँ। चिनियाँ राष्ट्रपति सी चिनफिङले मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

राष्ट्रपति सीले पठाएको लिखित सन्देशमा भनिएकाे छ, भर्खरै प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण भएको जानकारी पाएँ, “चिनियाँ सरकार, जनता र मेरो व्यक्तिगत तर्फबाट तपाईंको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।”
चिनियाँ राष्ट्रपतिले सन्देशमा भनेका छन्, “प्रधानमन्त्री ओलीसँग मिलेर पारस्परिक लाभका निम्ति दुई देशबीच सहकार्य गर्न तथा चिनियाँ र नेपाल कम्युनिष्ट पार्टीबीच सम्बन्ध थप विस्तार गरेर दुवै देशका जनताको अधिकतम हितका लागि काम गर्न इच्छुक रहेको छु ।”
प्रकाशित मिति : March 7, 2020 at 10:39 am







