कोरोनासँग जोगिन सीमानाका बन्द गराैँः संयोजक महर
२४ फागुन, काठमाडाैँ ।अनेरास्ववियूका संयोजक ऐन महरले कोरोनासँग जुध्न सिमानाका बन्द गर्नुपर्ने बताएका छन । शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै सीमानाका बन्द गर्ने प्रस्ताव अघि सारेका छन ।

कोरोनाको संक्रमण विश्वव्यापी रूपमा फैलिरहेको अवस्थामा संयोजक महरले त्रसित नबनी सतर्कता भने अपनाउनु पर्नेमा जोड दिएका छन । उनले फेसबुकमा लेखेका छन ‘कोरोना भाइरस बाट त्रसित होइन सतर्कता अपनाऔं र सचेत बनौं। नेपालमा अहिले सम्म देखा परेको छैन। त्यसैले हाललाई सिमानाका बन्द गरौं।’
प्रकाशित मिति : March 7, 2020 at 10:16 am









