धनकुटामा बस दुर्घटना, २३ जना घाइते
२३ फागुन, धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६, कार्कीछाप नजिक शुक्रबार दिउँसो बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । धरानबाट धनकुटातर्फ आउँदै गरेको को १ ख २८२४ नम्बरको बस अचानक अनियन्त्रित भइ सडकमा पल्टिएकाे हाे । दुर्घटनामा घाइते भएका सबैको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

बस चालक साँगुरीगढी गाउँपालिका-१ का २५ वर्षीय प्रदिप लिम्बूलाई इलाका प्रहरी कार्यालय भेडेटारले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति : March 6, 2020 at 8:14 pm









