९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

टिप्परको ठक्करबाट श्रीमतीकाे मृत्यु, श्रीमान गम्भीर घाइते

२३ फागुन, बुटवल । पाल्पाको तानसेन–७ लामिडाँडामा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएकाे छ । दुर्घटनामा १ जना गम्भीर घाइते भएका छन् ।

शुक्रवार तानसेनबाट बुटवल आउँदै गरेको लु७प ४३४ नम्बरको मोटरसाइकलाई सोही दिशाबाट आउँदै गरेको लु२ख ३१७८ नम्बरको टिप्परले ठक्कर दिँदा मोटरसाइलमा सवार तानसेन नगरपालिका–७ की ५५ वर्षीया मधु श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी दिएकाे छ ।

दुर्घटनामा पति हिमालप्रसाद श्रेष्ठ गम्भीर घाइते भएका छन् । उनको लुम्बिनी मेडिकल कलेज प्रभास तानसेनमा उपचार भइरहेको छ । प्रहरीले ठक्कर दिने टिप्परलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रकाशित मिति : March 6, 2020 at 2:29 pm