गाउँपालिकाका अध्यक्ष र वडाध्यक्षविरुद्ध साढे २५ लाख घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा
२२ फागुन, काठमाडौँ । जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी र वडा नम्बर ५ का वडाध्यक्ष राजबहादुर शाहीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।

केसी र शाहीविरुद्ध अख्तियारले सडक निर्माण कार्यमा कमिसनबापत २५ लाख ५० हजार रुपैयाँ घुस लिएको दाबीसहित बिहीबार मुद्दा दायर गरेको हाे । अनुसन्धानको क्रममा केसी र शाहीले कमिशनको लागि बार्गेनिङ गरी नगद लिनुका साथै बैंक खातामा समेत रकम जम्मा गर्न लगाएको पुष्टि हुन आएकोले उक्त रकम माग दाबीसहित मुद्दा दायर गरिएको अख्तियारले
प्रकाशित मिति : March 5, 2020 at 6:23 pm









