९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

मन्त्री अर्याल चढेको विमान आकस्मिक अवतरण

२२ फागुन, काठमाडौँ । भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल चढेको यति एअरलाईन्सको विमान आकस्मिक अवतरण भएको छ ।

काठमाडौँबाट पोखरालागि विहीवार विहान ८:५० बजे उडेको विमानमा चरा ठोकिएपछि त्रिभुवन विमानस्थलमै फर्किएर आपतकालीन अवतरण गरेको मन्त्री अर्यालको सचिवालय सदस्य राजेश शर्माले जानकारी दिए ।


विमान उडेको १० मिनेटमै काठमाडौँ विमानस्थलमा अवतरण गरेको थियो । विमानमा सवार सबै सकुशल रहेको एअरलाईन्सले जनाएको छ ।

प्रकाशित मिति : March 5, 2020 at 11:36 am