९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

काेराेनाकाे कहरः काठमाडाैँमा होली खेल्न नपाइने, उत्सव र मेलामा सहभागी नहुन आग्रह

२२ फागुन, काठमाडाैँ । सरकारले काठमाडाैँमा कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै होली खेल्न रोक लगाएको छ । बुधबार बसेको जिल्ला सुरक्षा समन्वय समितिको  बैठकले होली खेल्न नपाइने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भिडभाड र जमघट हुने ठाउँमा कोरोना भाइरसको सङ्क्रमण हुने खतरा भएकाले होली खेल्न नपाइने निर्णय गरिएको जानकारी दिए ।अर्को निर्णय नभएसम्म विभिन्न प्रकारका उत्सव, मेला, होली लगायतका पर्वमा भेला नहुन र त्यस्ता सम्मेलन तथा कार्यक्रममा सहभागी नहुन पनि निर्देशन दिइएको समेत दाहालले जानकारी दिए ।

सरकारले काठमाडाैँबाहेकका अरु जिल्लामा पनि सकेसम्म होली नखेल्न आग्रह गरेको छ । सरकारले भिडभाडमा नजान, भेला, सभा सम्मेलन नगर्न यसअघि नै आग्रह गरिसकेको छ ।

प्रकाशित मिति : March 5, 2020 at 11:03 am