२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

अडियो टेपका आधारमा बाँस्कोटा माथि भ्रष्टाचारको सामान्य आशंका पनि गर्न सकिँदैनः नेता रिजाल


२२ फागुन, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं विदेश विभगका उपप्रमुख विष्णु रिजालले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको अडियो टेप हेर्दा उनीप्रति  भ्रष्टाचारको सामान्य आशंका पनि गर्न नसकिने बताएका छन । बिहीबार बिहान समाजिक सञ्जाल फेसबुक मार्फत बाँस्कोटाको बारेमा भ्रष्टाचारको सामान्य आशंका पनि गर्न नसकिने बताएका हुन ।

रिजालले लेखेका छन ‘कुनै आर्थिक कारोबार नै नभएको कम्पनीसँग जोडेर भ्रष्टाचारको सामान्य आशंका गर्न पनि सकिँदैन ।’ उनले थप भनेका छन ‘अडियो टेपमा उल्लेख गरिए अनुसारको स्वीस कम्पनीसँग सुरक्षण मुद्रणसम्बन्धी नेपाल सरकारको कुनै कारोबार भएको छैन । उक्त कम्पनी छनोट प्रक्रियामा सामेल नै भएको छैन, यतिसम्म कि कुनै पत्राचार पनि भएको छैन ।’

रिजालले भ्रष्टाचार गर्ने मन्छेले २७/२८ अर्बको प्रस्ताव अघि नबढाएर २३ अर्ब (४/५ अर्ब कम)को प्रस्ताव किन अघि बढाउँथे भन्दै प्रश्न समेत गरेका छन । उनले लेखेका छन ‘दोस्रो, अडियो टेपलाई नै आधार बनाउने हो भने पनि २७/२८ अर्बमा प्रेस ल्याउन सकिने उल्लेख छ । जबकि, फ्रान्सको कम्पनीसँग अघि बढाइएको र सम्झौताका लागि अन्तिम अवस्थामा पुगेको प्रस्तावमा २३ अर्बमा प्रेस ल्याउने कुरा टुंगिएको छ । यदि भ्रष्टाचार नै गर्ने हुँदा त त्यही २७/२८ अर्बको प्रस्ताव अघि बढाइन्थ्यो होला न कि ४/५ अर्ब कमको प्रस्ताव ।’

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार ०७:४४