९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्दै अस्पतालमै अनेरास्ववियूको दिप प्रज्वलन (फोटोफिचर)

२१ फागुन, काठमाडौँ । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दीप प्रज्ज्वलन गरिएको छ । बुधबार साँझ प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गरिएको त्रिवि शिक्षण अस्पताल परिसरमा अनेरास्ववीयूको आयोजनामा दिप प्रज्वलन भएको संयोजक ऐन महरले जानकारी दिए । दिप प्रज्वलनमा नेकपाका नेता र सांसदहरूको समेत सहभागिता रहेको थियो ।

यस्तै भोजपुर सदरमुकाममा राष्ट्रिय युवा सङ्घ नेपाल भोजपुरको आयोजनामा नेकपा पार्टी कार्यालयमा दीप प्रज्ज्वलन भएको छ । त्यसैगरी चितवनमा पनि प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आज भरतपुरमा दीप प्रज्ज्वलन गरिएको छ । मदन भण्डारी फाउण्डेशन चितवनले कार्यक्रमको आयोजना गरेको हो । सो अवसरमा जिल्लाका नेता कार्यकर्ता र सर्वसाधारणको उपस्थिति रहेको थियो । दीप प्रज्ज्वलन गर्दै नेकपा वाग्मती प्रदेश कमिटी सहइन्चार्ज काशिनाथ अधिकारीले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको बताउँदै अब उहाँको नेतृत्वमा देश समृद्धिको बाटोमा अघि बढ्ने  बताए ।

प्रकाशित मिति : March 4, 2020 at 11:14 pm