मिर्गौलाको सफल प्रत्यारोपणपछि प्रधानमन्त्री ओली र समीक्षालाई आईसीयुमा सारियो
२१ फागुन, काठमाडाैँ । मिर्गौलाको सफल प्रत्यारोपण भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र भाञ्जी समीक्षा संग्रौलालाई आईसीयुमा सारिएको छ। बिहान १० बजेदेखि सुरु भएको शल्यक्रिया दिउँसो तीन बजेसम्म चलेको थियो।

त्यसक्रममा समीक्षाले दिएको मिर्गौलालाई चिकित्सकहरुले सफलतापूर्वक प्रधानमन्त्री ओलीको शरीरमा प्रत्यारोपण गर्न सफल भएका हुन्। अहिले दुवैजनालाई अप्रेशन थिएटरबाट निकालेर पोस्ट अपको आईसीयुमा सारिएको हो।
वरिष्ठ मुटुरोग विशेषज्ञ तथा प्रधानमन्त्रीका निजी चिकित्सक डा. अरुण सायमीका अनुसार अहिले दुवैजनाको अवस्थामा खतरामुक्त छ। प्रधानमन्त्री ओलीको होस आउन अझै डेढ घण्टाजति लाग्नसक्ने समेत जानकारी दिए।दयसबारेमा त्रिवि शिक्षण अस्पताल प्रशासनले आजै साढे चार बजे पत्रकार सम्मेल गरेर विस्तृत जानकारी गराउने भएको छ।
प्रकाशित मिति : March 4, 2020 at 4:05 pm









