३० आश्विन २०८३, शुक्रबार | Sat Oct 17 2026

गोरखामा बन्दै गरेकाे पुल भत्कियाे, ३ जना कामदार घाइते

२१ फागुन, गाेरखा । गोरखामा बन्दै गरेकाे पुल ढल्दा ३ जना कामदार घाइते भएका छन्। गोरखाको पालुङटार र तनहुँ तुरतुरे जोड्ने मर्स्याङ्दी नदीमाथि निर्माण भइरहेको पुल मंगलबार राति ढलेको हो।

पुलको ढलान गर्न छड कसिरहेका ३ जना कामदार घाइते भएकाे जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएकाे छ । उक्त पुल ४३ मिटर लम्बाइको थियो। ढलानका लागि फर्मा टेकाएर छड बाँध्ने काम भइरहेका बेला एक्कासी पुल ढलेको हो।

पुल ढलानका लागि तीन हजारभन्दा बढी टेका लगाइएको थियो। ‘टेका राम्रोसँग जमिनमा नअडेका कारण पुल ढलेको हुनसक्ने प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : March 4, 2020 at 2:56 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/