९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण आज, डा प्रेम ज्ञवालीको टोलीले प्रत्यारोपणको काम गर्दै

२१ फागुन, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैला प्रत्यारोपण आज हुँदैछ । त्रिवि शिक्षण अस्पतालमा गरिने मिर्गाैला प्रत्यारोपणको चिकित्सकीय तयारी पूरा भएको छ । अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले मंगलबार साँझ जारी गरेको विज्ञप्तिमा प्रत्यारोपणका लागि आवश्यक औषधिहरु दिन शुरु गरिएको र विभिन्न विषयका विशेषज्ञबाट स्वास्थ्य परीक्षण गरिएको जनाइएको थियो ।

प्रत्यारोपण अगाडि गरिने नियमित डायलायसिस तथा ल्याब परीक्षणहरु पनि सकिएको छ । खड्गाका अनुसार हाल प्रधानमन्त्रीको स्वास्थ्य स्थिति राम्रो अवस्थामा छ र उहाँ विशेषज्ञको निरन्तर निगरानीमा हुनुहुन्छ । दोस्रो मिर्गाैला प्रत्यारोपणका लागि डा प्रेमराज ज्ञवालीको नेतृत्वमा १५ देखि २० जनासम्म स्वदेशी चिकित्सक टोली तयार भएको छ । डा ज्ञवालीको टोलीले बिहान करिब ९ बजे प्रत्यारोपण शुरु गर्नेछ । यसअघि २०६४ मा भारतको एपोलो अस्पतालमा मिर्गाैला प्रत्यारोपण गर्ने चिकित्सकलाई पनि आवश्यक पर्ने सक्ने ठानी सो अस्पतालमा आमन्त्रण गरिएको छ ।

प्रकाशित मिति : March 4, 2020 at 7:42 am