९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

६ किलो सुनसहित भारतीय नागरिक पक्राउ

२० फागुन, काठमाडाैँ । मकवानपुर प्रहरीले ६ किलो २८९ ग्राम,३५० मिलि ग्राम सुन सहित एक जनालाई पक्राउ गरेको छ । भारत करनाट बस्ने ४२ बर्षीय अब्दुल मजिद अनेकललाई सुन सहित मकवानपुर प्रहरीले रातोमाटे चेकपोष्ठमा पक्राउ गरेको हो ।

मंगलबार बिहान रातोमाटेमा काठमाडौंबाट बीरगंज तर्फ जाँदै गरेको यात्रुबाहक रात्री बसलाई चेकजाँचका क्रममा अब्दुलालाई उक्त परिणामको सुन सहित पक्राउ गरिएको मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशिल सिंह राठौरले बताए । अब्दुलले उक्त परिणामको सुन गाडीमा पार्टस् जस्ता फलामको बेरुङगमा लुकाएर ल्याएको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पत्रकार सम्मेलन गर्दै प्रहरीले उक्त परिणामको सुनको नेपाली बजार मुल्य ४ करोड सत्ताइस लाख अन्ठाउन्न हजार ७७४ रहेको जनाइएको छ । ८ थान सुन बरामद भए पश्चात सुनचादीँ व्यवसायी संघ मकवानपुरलाई जानकारी गराई सुनको परिक्षण गरिएको थियो ।

पक्राउ पर्ने अब्दुल माथि थप अनुसन्धान हुने र सुन राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : March 3, 2020 at 5:10 pm