राष्ट्रपति भण्डारीद्धारा प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना
२० फागुन, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौँमा हुने मिर्गौला प्रत्यारोपणको सफलताको कामना गर्नुभएको छ ।

उहाँले आज अपराह्न ट्वीट गर्दै प्रधानमन्त्रीको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ ।
प्रकाशित मिति : March 3, 2020 at 4:31 pm







