अस्पातल भर्ना हुनअघि भिडियोमार्फत सम्बोधन गर्दै प्रधानमन्त्री ओली
१९ फागुन, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पातल भर्ना हुनअघि भिडियोमार्फत सम्बोधन गर्ने भएका छन् । मिर्गौला प्रधानमन्त्री ओली दोस्रोपटक मिर्गाैला प्रत्यारोपणका लागि आज साँझ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथेरासिक भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुँदै छन् ।

प्रधानमन्त्री ओलीले सो सेन्टरमा भर्ना हुनुअघि भिडियो सन्देश दिन लागेका हुन् । प्रधानमन्त्री ओलीकाे भिडियो सन्देश अस्पताल पुगेलगत्तै सार्वजनिक गरिने प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । बुधवार प्रधानमन्त्री ओलीकाे मिर्गौला प्रत्यारोपन गर्ने तयारी छ ।
प्रधानमन्त्रीको मृगौला प्रत्यारोपनका लागि त्रिबि शिक्षण अस्पतालले विशेषज्ञसहित विशेष टोली खटाएको छ । दुवै मिर्गौलामा समस्या भएपछि प्रधानमन्त्री ओलीले १२ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरेका थिए ।
प्रकाशित मिति : March 2, 2020 at 4:05 pm









