१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

६ प्रतिशतले नेप्से घटेपछि कारोबार शुरु भएको ३ घण्टा नपुग्दै बन्द भयाे बजार

१९ फागुन, काठमाडौँ । कारोबार शुरु भएको ३ घण्टा नपुग्दै नेप्से परिसूचक ६ प्रतिशतले घटेपछि साेमबारकाे लागि शेयर कारोबार बन्द भएको छ। कारोबार खुलेको २ घण्टा २९ मिनेट अर्थात १ बजेर २९ मिनेट जाँदा नेप्से सूचक ९६.०६ अंकले घटेर १४९५.२० विन्दुमा झरेको छ।

खानिखोला हाइड्रोपावर र श्री इन्भेष्टमेन्ट फाइनान्सको शेयरमूल्य केहि बढे पनि अन्य १५३ वटा कम्पनीको शेयरमूल्य घटेको छ। २ वटा कम्पनीको शेयरमूल्यमा भने कुनै परिवर्तन भएको छैन।

यस अवधिमा १७३ वटा कम्पनीको ४९ लाख ८६ हजार कित्ता शेयर २ अर्ब १५ करोड रुपैयाँमा खरिद बिक्री भएको छ।  त्यस्तै प्रभु इन्स्योरेन्स, प्रिमिएर इन्स्योरेन्सगरिमा विकास बैंक आरएसडिसी लघुवित्त शेयरमूल्य घट्ने कम्पनकिो शिर्ष स्थानमा छन्।

इन्स्योरेन्स कम्पनीहरूको शेयरमूल्य उच्च रुपले घटेको छ भने वाणिज्य बैंकहरको शेयरमूल्यमा समेत भारी गिरावट आएको छ। कारोबारमा आएका सबै उपसूचकमा गिरावट आउदा निर्जीवन बीमा कम्पनी उपसमुहको सूचक ७.४६ प्रतिशत, जिवन बीमा कम्पनी उपसमुहको सूचक ७.४५ र वाणिज्य बैंक उपसमूहको सूचक ६.७४ प्रतिशतले घटेको छ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार १४:०२