९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

प्रचण्डमाथि जुत्ता प्रहार प्रकरणकाे छानबिन गर्न ३ सदस्यीय समिति गठन

१९ फागुन, काठमाडाैँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि जुत्ता प्रहार प्रकरणको छानबिन गर्न एसएसपी सहकुल बहादुर थापाको नेतृत्वमा ३ सदस्यीय छानबिन समिटि गठन गरिएको छ ।


महानगरीय प्रहरी कार्यालय रानीपोखरीको आदेशमा सोमबार एसएसपी थापाको नेतृत्वमा परिसरका डिएसपी हाेबिन्द्र बोगटी र महानगरीय प्रहरी वृत सिंहदरबारका इन्सपेक्टर युवराज तिम्लिसिनासहितकाे समिति गठन गरिएकाे हाे ।

आइतबार राष्ट्रिय सभागृहमा तत्कालीन एमाले नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा सहभागी भएका प्रचण्डमाथि जुत्ता प्रहार भएको थियो । प्रचण्डमाथि जुम्लाका २१ वर्षीय रतन तिरुवाले जुत्ता प्रहार गरेका थिए ।

प्रकाशित मिति : March 2, 2020 at 12:12 pm