९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा अर्याल नियुक्त

१९ फागुन, काठमाडाैँ । न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा राजेन्द्र अर्याल नियुक्त भएका छन् ।अर्याललाई आइतबार बसेको मन्त्रिपरिषद्को आकष्मिक बैठकले समितिकाे अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हाे ।

अर्याल तत्कालीन नेकपा एमालेनिकट प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष समेत हुन् । श्रमजीवी पत्रकारका लागि पारिश्रमिक निर्धारण गर्न गठित समितिको अध्यक्षको भूमिकामा यसअघि गंगाधर पराजुली थिए । उनको कार्यकाल सकिएपछि रिक्त स्थानमा सरकारले अर्याललाई नियुक्त गरेकाे हाे ।

प्रकाशित मिति : March 2, 2020 at 11:32 am