प्रचण्डलाई जुत्ता प्रहार गर्ने तिरुवाको बयान : बर्गसंघर्षको कुरा चित्त बुझेन, आवेशमा जुत्ता प्रहार गरे
१८ फागुन, काठमाडौं । राष्ट्रिय सभागृहमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता हान्ने जुम्लाका रतन तिरुवाले भने मलाइ प्रचण्डकाे भाषण चित्त नबुझेपछि आवेशमा जुत्ता प्रहार गरेकाे हाे । राष्ट्रिय सभागृहमा आयोजित भरतमोहन अधिकारीको पहिलो स्मृति सभामा संबोधनपछि प्रचण्डलाई ताकेर जुत्ता प्रहार गरेका तिरुवाले भने भाषणका क्रममा वर्ग संघर्षको कुरा चित्त नबुझेपछि आवेशमा अाएर जुत्ता प्रहार गरेकाे हाे ।

‘मैले भाषण सुनिरहेको थिएँ , भाषणमा वर्गसंघर्षको कुरा चित्त बुझेन, आवेशमा आएर जुत्ता हानेँ’ सिंहदरबार प्रहरी वृत्तमा प्रहरीसमक्ष उनले बयानमा भनेका छन् । राष्ट्रियसभा गृहको कार्यक्रममा संबोधनपछि आफ्नो सिटमा फर्किएका प्रचण्डलाई ताकेर तिरुवाले जुत्ता हानेका थिए । तर जुत्ता प्रचण्डसम्म पुगेन ।
प्रकाशित मिति : March 1, 2020 at 5:35 pm









