९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

राष्ट्रियसभा गृहमा नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार

१८ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि राष्ट्रियसभा गृहमा जुत्ता प्रहार भएको छ ।

नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा संबोधन गरेर सिटमा फर्किने क्रममा दर्शकदीर्घाबाट उनलाई ताकेर जुत्ता प्रहार भएको हो । तर जुत्ता मञ्चसम्म आइपुगेन । जुत्ता प्रहार गर्ने नेकपा समर्थित जुम्लाका कार्यकर्ता २२ वर्षीय रतन तिरुवा भएको बताइएको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : March 1, 2020 at 5:05 pm