१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

सुकुटेबाट प्रचण्डको घोषणाः एमसीसी संशोधनविना संसदबाट अनुमोदन हुँदैन

१७ फागुन, सिन्धुपाल्चोक । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी संशोधनविना स्वीकार गर्न नसक्ने बताएका छन । प्रचण्डले कार्यदलको सुझावअनुसार सम्झाैता संशोधान गरेर मात्र एमसीसी पारित हुने बताए ।

शुक्रबार एउटा महोत्वस उद्धाटनक लागि सिन्धुपाल्चोक पुगेका प्रचण्डले शनिबार बिहान पत्रकारहरूसँग राष्ट्रहित विपरीत सम्झौता नगर्ने उनले प्रष्ट पारे । अध्यक्ष प्रचण्डले ५५ अर्बका लागि राष्ट्रहित विपरीत सम्झौता नगरिने प्रष्ट पारे । नेपाल र अमेरिकाबीच सुमधुर सम्बन्ध र अमेरिकी सरकारसँग सहयोग लिन चाहेको उल्लेख गर्दै उनले परिमार्जनका लागि सुझावसहित अमेरिकी सरकारलाई आग्रह गर्ने बताए ।

प्रकाशित मिति : 15:23