१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

नेकपा नेता भीम रावललाई धनगढी विमानस्थलको भीआइपी कक्षको प्रवेशमा रोक

१७ फागुन, धनगढी । नेकपा प्रभावशाली तथा सुदूरपश्चिमका इन्चार्ज भीम रावलले धनगढी विमानस्थलको भीआइपी कक्ष प्रवेशमा अपमान भएको बताएका छन । विमानस्थलमा खटिएका सुरक्षाकर्मीले सुरक्षाको कारण देखाउदै नेता रावललाई भीआइपी कक्षमा प्रवेश गर्न रोकेका हुन ।

शनिबार बिहान काठमाडौँबाट धनगढी आएका रावलले विमानस्थलको भीआइपी कक्षमा प्रवेश गर्न नपाएको बताएका छन् । पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले आफुलाई विना जानकारी भीआइपी कक्षमा जान नदिएको बताए ।

‘उहाँहरुले माथीको आदेश पालना गर्ने हो। सबैलाई रोक्ने भए पूर्व जानकारी भएन् । मलाई ट्रली गुडाउने ठाउँबाट बाहिर जान भनियो।’  रावलले भने । त्यसपछि रावल ट्रली भित्रिने ठाउँबाट बाहिर आएका थिए । सुरक्षाको बारेमा पूर्व जानकारी नभएको भन्दै रावलले आक्रोश व्यक्त गरेका छन् ।

राष्ट्रपतिको सुरक्षाको व्यवस्थाको बारेमा पूर्व जानकारी नदिएको र विमानस्थलको विशिष्ट कक्षमा अपमान भएको बताए । उनले राष्ट्रपतिको सुरक्षाकोबारेमा आफूलाई जानकारी नभएको बताए। नेता रावल शनिबार धनगढी आउने पूर्व निर्धारित कार्यक्रम हो।

प्रकाशित मिति : 14:38