शेरधन राईले पटक पटक याैन सम्पर्क गरेर पनि श्रीमति नबनाएको भन्दै बालिका अदालतमा
१६ फागुन, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता समेत रहेका प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईको विरूद्धमा एक जना युवतीले अंश मुद्दा हालेकी छिन । जिल्ला अदालत काठमाडौँमा प्रधानमन्त्री केपी शर्मा ओलीकी पूर्व स्वकीय सचिव बालिका खड्का राईले मुख्यमन्त्री राईको बिरूद्धमा अंश मुद्दा हालेकी हुन ।

विगतमा पटक पटक यौन सम्पर्क गरेको तर मुख्यमन्त्री भएर विराटनगर बस्न थालेपछि भेट्न समेत नमनेको उनले बताएकी छिन । बालिकाकाले काठमाडौं जिल्ला अदालतमा नाता कायम गरी अंश दिलाई पाऊँ भनि मुद्दा दायर गरेको स्रेस्तेदार आनन्दराज श्रेष्ठले जानकारी दिए। मुद्दामा खड्काले आफूलाई मुख्यमन्त्री राईले शारीरिक यातना दिएको तथा यौन दुर्व्यवहार गरी घरेलु हिंसा गरेको आरोप समेत लगाएकी छिन् ।
खड्काले दायर गरेको मुद्दामा आफूलाई सञ्चार मन्त्री भएका बखत राईले राजधानीको गोल्फुटारमा कोठा लिई राखेको बताएकी छिन ।साथै आफू राईसँग ७१ सालदेखि सँगै रहेको समेत उनले दाबी गरेको छिन । स्रेस्तेदार श्रेष्ठका अुनसार मुद्दा दर्तासँगै मुद्दाको पेशी समेत तोकिसकेको छ ।
प्रकाशित मिति : February 28, 2020 at 7:09 pm









