८ असार २०८३, सोमबार | Tue Jun 23 2026

गालीबेइज्जती गरेर चरित्र हत्या भएपछि गाेकुल बाँस्काेटा अदालतमा (मुद्दाको पूर्ण पाठ)

१६ फागुन, काठमाडाैँ । निवर्तमान सञ्चार एवं सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले अडियो प्रकरणको छानविन र आफ्नो चरित्रहत्या गर्नेमाथि कार्वाहीको मागसहित जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेका छन् ।

कमिशनको डिल गरेको भन्दै अडियो टेप बाहिरिएपछि मन्त्री पद त्यागेका बाँस्कोटाले शुक्रबार जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेका हुन् । निवर्तमान मन्त्री बाँस्कोटाले ७४ करोडको कमिशन डिल गरेको भन्दै अडियो सार्वजनिक गर्ने बिजयप्रकाश मिश्रले आम सञ्चारका माध्यमहरुवाट झुठ्ठा लाञ्छाना लगाई गाली–बेइज्जती गरेको भन्दै मुद्दा दायर गरेका हुन् ।

बास्काेटाले भनेका छन्, ‘सुरक्षण मुद्रण सम्वन्धि जानकारी दिने भन्दै प्रतिवादी बिजय प्रकाश मिश्रले मलाई भेट गरेका हुन । उनले मसंग भेट गर्न आउँदा आफू KBA-Notasys (SA) को नेपाल प्रतिनिधि हुँ भनी परिचय दिएका थिए । तत्कालिन सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल नेपाल सरकार लगानी वोर्डको अध्यक्ष हुनु भएको समयमा मिति २०७३/९/२४ वसेको लगानी वोडर्को पच्चिसौ वैठकवाट निर्णय भई मिति २०७३/१०/२ मा लगानी बोर्डबाट सुरक्षण मुद्रणको सम्भाव्यता अध्ययन गर्न पत्र प्राप्त भएको व्यक्ति हुँ भनी उनले जानकारी गराएका थिए ।

उनले भेट गर्ने क्रममा नाजायज प्रस्ताव राखेपछि नेपाल राज्य विरुद्धमा कुनै कार्य गर्न मेरो ईमान, राजनैतिक नैतिकता तथा मन्त्री हुँदा लिएको शपथ विरुद्धमा हने भएकोले प्रतिवादी तथा निजले प्रतिनिधित्व गरेको कम्पनीको हितमा कुनै कार्य मन्त्रालयवाट गरिएन र गर्न दिइएन ।

यसरी नाजायज प्रस्ताव गर्ने व्यक्तिहरुप्रति संकेत गर्दै मैले मिति २०७५ वैशाक २३ गतेका दैनिक समाचारपत्रमा दिएको अन्तरवार्तामा ‘हो, मान्छे आउँछन् यति करोड कमिशन आउँछ सही गर्दिन’ पर्यो भनेर” भन्ने उल्लेख गरेको थिएँ । यसरी नै मैले मिती २०७६ पौष २३ गते वुधवारका दिन नेपाल पत्रकार महासंघ भक्तपुरको स्थापना दिवसका दिन ‘..म मन्त्री भएदेखि कसले कमिशन दिन आए भन्ने कुराको डायरि लेख्दैछ.’..” भनी सार्वजनिक रुपमा नैव्यक्त गरेवाट समेत स्पष्ट हुन्छ । सोको भिडियो क्लिप तथा अन्तरवार्ताको प्रतिलिपी साथै संलग्न छ,’ ।

मुद्दाको पूरा पाठ पढन यहाँ क्लिक गर्नुहाेस्ः

defamation

प्रकाशित मिति : February 28, 2020 at 4:24 pm