न्यायकाे माग गर्दै निवर्तमान सञ्चारमन्त्री बास्काेटा अदालतमा
१६ फागुन, काठमाडाैँ । निवर्तमान सञ्चार तथा सुचना प्रविधिमन्त्री गाेकुलप्रसाद बास्काेटाले आफु विरुद्ध झुट्टा लाञ्छना र गालिबेइज्ज्ती भएकाे भन्दै अदालतमा मुद्दा दायर गरेका छन् ।

शुक्रबार फेसबुकमा स्टाटस लेख्दै बास्काेटाले आफुविरुद्ध लगाइएको झुट्टा लाञ्छना र गालिबेइज्ज्तीको विरूद्धमा आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौँमा न्याय माग गदै मुद्दा दायर गरेको जानकारी गराएका छन् ।
बास्काेटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसनको हिसाब किताब गरेको अडियो सार्वजनिक गर्ने विजयप्रकाश मिश्रविरुद्ध उजुरी दिएका छन् । आफूलाई झुटो आरोप लगाएको भन्दै बास्काेटाले मिश्रविरूद्ध उजुरी दिएका हुन् ।
प्रकाशित मिति : February 28, 2020 at 3:07 pm









