१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

प्रधानमन्त्रीले सचिवालयको निर्णय मान्नैपर्छ : अध्यक्ष प्रचण्ड

१६ फागुन, भरतपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सचिवालयको निर्णय प्रधानमन्त्रीले मान्नैपर्ने जिकीर गरेका छन् ।

शुक्रबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभामा लैजान पार्टीले सिफारिस गरेको र त्यो सिफारिस सर्वसम्मत भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले पनि उक्त निर्णय मान्नैपर्ने बताएका हुन् ।

अध्यक्ष प्रचण्डले सचिवालयको निर्णय नै आधिकारिक भएको र पार्टीका प्रवक्ता र महासचिवले उक्त निर्णय सार्वजनिक गरेको प्रचण्डले बताए ।

प्रकाशित मिति : 12:03