८ असार २०८३, सोमबार | Tue Jun 23 2026

दुर्घटनामा परी घाइते भएका नेकपा मालेका महासचिव मैनालीको अवस्था सुधारोन्मुख

१६ फागुन, काठमाडौँ । सवारी दुर्घटनामा परी घाइते भएका नेकपा मालेका महासचिव सिपी मैनालीको स्वास्थ्यमा सुधार आएको छ । उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएकाे छ ।

काठमाडाैँकाे ग्राण्डी अस्पतालमा उपचाररत मैनालीको प्रारम्भिक स्वास्थ्य परीक्षण रिपोर्ट सामान्य देखिएको र उनी अहिले सामान्य रुपमा बोलचाल गरिरहेकाे अस्पतालले जनाएकाे हाे ।


बिहिबार महोत्तरीको बर्दिबासमा सवारी दुर्घटनामा परी गम्भीर घाइते भएपछि मैनालीलाई थप उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौँ ल्याइएको थियो ।

झापाबाट काठमाडौँ जाँदै गरेको बा ७ च २१२० नम्बरको कारलाई पृथ्वी राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबासमा विपरीत दिशाबाट आउँदै गरेको ना ४ च ७६६८ नम्बरको पिकअप भ्यानले ठक्कर दिएको थियो ।

दुर्घटनामा मैनालीका छोरा सरोज मैनाली, बुहारी पूजा मैनाली, नाति पीएन मैनाली र चालक रामप्रसाद पौडेल पनि घाइते भएका छन् ।

प्रकाशित मिति : February 28, 2020 at 11:43 am