१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

नेकपा भित्रको दुषित खेल अस्वीकार्य छ, घर जलाएर बर्बाद पार्न सकिन्नः सचेतक चाैधरी

१६ फागुन, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सचेतक शान्ता चाैधरीले पार्टी भित्रको दुषित खेल अस्वीकार्य रहेको बताएकी छिन । शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया जनाउँदै सचेतक चाैधरीले दुषित खेल अस्वीकार्य रहेको बताउँदै नेकपासँग सम्पुर्ण जनताको सुनौलो भविष्य गाँसिएको बताएकी छिन ।

उनले लेखेकी छिन ‘दुषित खेल अस्वीकार्य छ , नेकपासँग सम्पुर्ण जनताको सुनौलो भविष्य गाँसिएको छ । सरकारले गरेका दर्जनौं ऐतिहासिक कामप्रति हाम्रो सम्मान छ । केहि कमजोरी भए सच्याउन सकिन्छ तर घर जलाएर बर्बाद पार्न सकिन्न ।’ उनले केही कमजोरी भए सच्याउन सकिने भन्दै नेकपा रूपी घर जलाएर बर्बाद पार्न नसकिने बताएकी छिन ।

सचेतक चाैधरीले अघि लेखेकी छिन ‘पार्टीका नेतादेखि सम्पुर्ण कार्यकर्ता र शुभेच्छुक शुभचिन्तकहरु सचेत बनौं, संयम बनौं , पार्टी बनाउँ, देश बनाउँ । असफल पार्ने खेल खेल्ने खेलाउने काम बन्द गरौं । अनि बहस गर्दा घट्नाक्रमलाई झन उत्तेजित बनाउने गरि प्रस्तुत नहौं ।’ उनले पार्टी भित्रको कुरामा बहस गर्न सकिने तर घट्नाक्रमलाई झन उत्तेजित बनाउने गरि प्रस्तुत हुन नहुनेब ताएकी छिन ।

नेकपामा बामदेव गौतमले जवर्जस्ती राष्ट्रियसभामा प्रवेश खोजेपछि तनाव उत्पन्न भएको छ । संविधानको भावना र मर्मलाइ सम्मान गर्दै तत्कालका लागि गौतम संसदबाहिर बस्नुपर्ने आवाज नेकपामा बलियो देखिएको छ । यद्यपी नेकपाकै एक जना अध्यक्ष र दुइ जना वरिष्ठ नेता गौतको पक्षामा लागेका छन ।

यो पनि पढ्नुहोस्

-प्रधानमन्त्रीको स्वायत्तामा पार्टीले हस्तक्षेप गर्नखोज्नु मुलकका लागि धोकाः पूर्व सचिव खनाल

-चार जना व्यापारीको डमरूमा नेकपाका नेताहरूको दयालाग्दो नृत्य

-बामदेव गाैतमलाई खुला पत्रः तपाईका लागि सिंगो नेकपा सति जानुपर्ने किन ?

-राष्ट्रियसभाका लागि अर्थमन्त्री डा युवराज खतिवडाको नाम सिफारिस

प्रकाशित मिति : 08:53