८ असार २०८३, सोमबार | Tue Jun 23 2026

नेपालको स्वास्थ्य क्षेत्रमा जापानको सहयोग बढ्छः राजदुत मासा

१६ फागुन, धनकुटा । नेपालका लागि जापानी राजदुत साइगो मासामिचीले नेपालका विकट क्षेत्रको जनताका लागि स्वास्थ्यक्षेत्रमा जापान सरकारले सहयोग बढाउने बताए । विहिबार जिल्ला अस्पताल धनकुटाको अक्सिजनप्लाण्ट हस्तान्तरण कार्यक्रममा बोल्दै राजदुत मासामिचिले जापान सरकारले विभिन्न क्षेत्रमा सहयोग गर्दै नेपाल जापान सम्बन्ध थप सुमधुर भएको बताए ।

सूर्यबहादुर फाउण्डेसनको पहलमा जिल्ला अस्पताल धनकुटा लाई जापानी राजदुतावासले अनुदानमा अक्सिजन प्लान्ट हस्तान्तरण निर्माण गरिदिएको हो । राजदुत मासामिचीले भने जापान सरकारको सानो सहयोग रहेको कोशि पहाडका दमखोखि, निमोनिया लगाएत धेरै बिरामीलाई राहत पुगोस भनेर जिल्ला अस्पताल धनकुटा र पूर्व उद्योगमन्त्री सूनिलबहादु थापाको अनुरोधमा सो प्लान्ट निर्माण गरेको बताए । सो प्लाण्टबाट ५० बेडको शैयाका विरामीका लागि अक्सिजन वितरण गर्न सकिने चिकित्कले बताए ।

जापानी राजदुत साइगो मासामिचीले जिल्ला अस्पताल धनकुटाका प्रमुख पुजन विश्वकर्मालाई प्लाण्ट हस्तान्तरण गरेका थिए । जापान सरकारको ९६ लाख ६२ हजार १ सय १३८ रुपैयाँको लागतमा निर्माण गरिएको विश्वकर्माले बताए । जिल्ला समन्वय प्रमुख एवं जिल्ला अस्पताल धनकुटा अध्यक्ष टंक चुहानको अध्यक्षतामा भएको कार्यक्रममा संधिय सांसद राजेन्द्र राईले कार्यक्रम उद्घाटन गरेका थिए ।

पूर्व उद्योगमान्त्रि सुनिलबहादुर थापा समेतको उपस्थीतमा भएको कार्यक्रम पछि जापानी राजदुत मासामिचीले रामप्रसाद आँखा अस्पताल धनकुटाको समेत अवलोकन गरेका थिए । १५ शैयाको स्वीकृत जिल्ला अस्पताल धनकुटामा हाल ३५ शैया सञ्चालनमा रहेकाछन । कुल ५ विषेशज्ञ चिकित्सकको दरबन्दिमा ३ जना करारका चिकित्सकले अस्पताल सञ्चालनमा ल्याएकाछन् । धनकुटा, भोजपूर, शंखुवासभा र तेह्थुम लगाएत कोशि पहाडका विभिन्न जिल्लाका जनतालाई सुविधा हुने जिल्ला अस्पताल धनकुटाका मेडिकल सुपरीटेण्डेन पुजन विश्वकर्माले बताए ।    

प्रकाशित मिति : February 28, 2020 at 8:39 am