के सन्देश बोकेर बालुवाटार पुगे कांग्रेस नेता शेखर कोइराला ?
१५ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली भेट्न नेपाली कांग्रेसका नेता शेखर कोइराला बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन । नेपाली कांग्रेस भित्र असन्तुष्टहरूको नेतृत्व गर्ने कोइरालाले प्रधानमन्त्रीसँग गरेको भेटलाइ अर्थपूर्ण रूपमा हेरिएको छ ।

कोइरालाले प्रधानमन्त्रीसँग सरकारको काम कारबाहीको बारेमा चासो राखेको र पछिल्लो राजनीतिक घटनाको विषयमा छलफल गरेको बुझिएको छ । भेटपछि केही सञ्चारमाध्यमले प्रधानमन्त्रीलाइ कोइरालाले राजिनामा दिन सुझाव दिएको विषय पनि बाहिर आएको छ ।
हामीले यही विषयमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापासँग जिज्ञासा राखेका थियाैँ । सल्लाहकार थापाले भेटवार्ता भएको पुष्टि गर्दै राजिनामाको सुझाव दिएको भन्नेकुरा भ्रमपूर्ण रहेको जानकारी दिए । उनले भने ‘उहाँहरूबीच सामान्य छलफल भएको हो । बाहिर आएका जस्ता कुरा भएका छैनन् ।’
प्रकाशित मिति : 12:40









