रसुवागढी नाकाबाट बरामद गरेको सुन बाँडेर खाने इन्सपेक्टरसहित १६ प्रहरी निलिम्बित (सूचीसहित)
१४ फागुन, काठमाडाैँ । रसुवागढी नाकाबाट बरामद गरेको सुन बाँडेर खाने इन्सपेक्टरसहित १६ प्रहरी निलिम्बित भएका छन । चीनबाट अवैध रुपमा नेपाल भित्रिएको सुन बरामद गरी बाँडफाँड गर्ने प्रहरी कारबाहीमा परेका हुन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रसुवाको सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेमप्रसाद नेपालसहित १६ जना प्रहरीलाई निलम्बन गर्न निर्देशन दिएको हो । आयोगले प्रहरी प्रधान कार्यालय नक्साललाई पत्रचार गर्दै प्रहरी निरीक्षकदेखि जवानसम्मलाई निलम्वन गर्न बुधबार निर्देशन दिएको हो।

त्यसअघि आयोगमा केरुङबाट अवैध रुपमा भित्रिएको सुन बरामद गरेर एकआपासमा बाँडफाँड गरेको उजुरी परेको थियो । केरुङबाट नेपाल आउँदै गरेको ना६ख ४९३२ नम्बरको कन्टेनरबाट गत पुस ११ गतेभित्रिएको ४२२ ग्राम सुन सउनीहरूले बाँडेका थिए ।
यी हुन निलम्बनका लागि सिफारिस भएका प्रहरी
१. प्रहरी निरीक्षक खेम प्रसाद नेपाल
२. प्रहरी नायव निरीक्षक भोज बहादुर सेन वली
३. प्रहरी सहायक निरीक्षक रामशरण कुमाल
४. प्रहरी हवल्दार रामशरण रिमाल
५. प्रहरी हवल्दार पुरुषोत्तम खत्री
६. प्रहरी हवल्दार रामकाजी लामा
७. प्रहरी हवल्दार गोपी बहादुर लो तामाङ
८. प्रहरी जवान शिव नारायण चौधरी
९. प्रहरी जवान भविलाल रुम्बा लामा
१०. प्रहरी जवान रामचन्द्र वि।क।
११. प्रहरी जवान रिता चौधरी
१२. प्रहरी जवान मनोज आले
१३. प्रहरी जवान छेक्यु डोल्मा मोक्तान
१४. प्रहरी जवान तारा बहादुर प्रजा
१५. प्रहरी जवान युवराज खरेल
१६. प्र.का.स.हरी बहादुर श्रेष्ठ
प्रकाशित मिति : February 26, 2020 at 8:01 pm









