राज्यमन्त्री मानन्धरको सल्लाहकार बताउनेबाट १७ वर्षीया किशोरी बलात्कृत
१४ फागुन, काठमाडाैँ । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको सल्लाहकार बताउने एक जना व्यक्ति बलात्कार काे अभियोगमा पक्राउ परेका छन । राज्यमन्त्री मानन्धरका आर्थिक सल्लाहकार बताउने अमृतकुमार घलेले बन्धक बनाएर १७ वर्षीया किशोरीलाई बलात्कार गरेको उजुरीपछि पक्राउ परेका हुन ।
प्रहरीका अनुसार ५२ वर्षीय घलेले किशोरीलाई आफ्नो कोठामा चार दिनसम्म बन्धक बनाएर बलात्कार गरेको भन्ने उजुरी परेपछि पक्राउ गरिएको हो । घलेलाई फागुन १ गते पक्राउ गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । काठमाडौंमा आफ्नी दिदीसँग बस्दै आएकी किशोरी कक्षा १२ मा अध्ययनरत रहेकी थिइन ।

पढाइको बिदामा आफ्नो घर सिन्धुली गएकी ती किशोरीलाई घलेले काठमाडौं फर्कनेबेला बनेपाबाट आफ्नो मोटरसाइकलमा काठमाडौं ल्याएको प्रहरीको भनाई छ । अमेरिका लगिदिन्छु भन्दै घलेले किशोरीलाई फकाएर आफूसँगै काठमाडौं ल्याई कोठामा बन्धक बनाएर लगातार बलत्कार गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घलेले टोखास्थित आफ्नो फ्ल्याटमा बन्धक बनाई बलात्कार गरेका थिए । ‘सिन्धुलीबाट फर्कने क्रममा अमेरिका लगिदिन्छु भन्दै आफ्नो कोठामा लग्यो, चार दिन बन्धक बनाएर बलात्कार गर्यो,’ किशोरीको भनाई उधृत गर्दै प्रहरीले भन्यो ।
प्रकाशित मिति : February 26, 2020 at 7:25 pm









