८ असार २०८३, सोमबार | Mon Jun 22 2026

सदनमा १ विधेयक स्वीकृत, २ प्रतिवेदन पेश

१४ फागुन ,काठमाडौँ । प्रतिनिधिसभाको बैठकले ‘ बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक’लाई स्वीकृत गरेको छ । सदनको मङ्गलबार बसेको बैठकमा गणपूरक सङ्ख्या नपुगी निर्णयार्थ प्रस्तुत हुन नसकेको सो प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठकमा निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो ।


अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले ‘नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७६’ र शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीका तर्फबाट समितिका सदस्य जीवनराम श्रेष्ठले ‘राष्ट्रिय खेलकूद विकास विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७६’ सदनसमक्ष पेश गर्नुभयो ।

प्रकाशित मिति : February 26, 2020 at 5:28 pm